ट्रेण्डिङ

होमपेज / राजनीति

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ पौष ९ गते बुधबार ११:१४:३३ मा प्रकाशित

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमनसम्बन्धी कानुन र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधायनको समीक्षा गर्ने भएको छ ।

समितिको आज(बुधबार) बस्ने ३११ औं बैठकमा अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत जारी गरिएका प्रत्यायोजित विधायनबारे तयार पारिएको अध्ययन प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । अध्यागमन प्रणाली, कानुनी स्पष्टता र कार्यान्वयनको अवस्थाबारे समितिले गहिरो समीक्षा गर्ने अपेक्षा गरिएको छ ।

समितिको बैठक आज बिहान ११ः१५ बजे संघीय संसद सचिवालयस्थित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठ घर नं. ४) मा बस्ने भएकाे छ । छलफलमा संविधान सभा सदस्य खिमलाल देवकोटालाई आमन्त्रित गरिएको छ ।

समितिले अध्ययन प्रतिवेदनका निष्कर्षका आधारमा आवश्यक सुधारका विषयमा सुझाव तयार गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top