ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको ११ औँ महाधिवेशन सन्देश प्रवाह गर्न देशभर संयुक्त भर्चुअल बैठक बस्दै

नेपालगाथा २०८२ पौष ८ गते मंगलबार १०:१७:२० मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले ११ औं महाधिवेशनको निर्णय र सन्देश देशभर पुर्‍याउने लक्ष्यसहित आज(मंगलबार) सबै प्रदेश र ७७ जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक आयोजना गरेको छ ।

पार्टी महासचिव शंकर पोखरेलले दिउँसो २ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा जिल्ला कमिटीका पदाधिकारीदेखि सचिवालय सदस्य, प्रदेश कमिटीका सबै सदस्यसम्म सहभागी हुनेछन् ।

अधिकारीले भने, “महाधिवेशनको प्रारम्भिक निर्णय र नेतृत्वको जिम्मेवारी जनमानसमा स्पष्ट पार्न आजको बैठक आयोजना गरिएको हो ।” पार्टीले स्थानीय तहमा भइरहेका गतिविधि र महाधिवेशनले तोकेको राजनीतिक कार्यदिशालाई स्वीकृति दिन र कार्यान्वयन गर्न पार्टीपंक्तीलाई निर्देशन दिने तयारी गरेको छ ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकका बारेमा सबै जिल्ला कमिटीलाई जानकारी गराइसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top