ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता तय

नेपालगाथा २०८२ पौष ७ गते सोमबार १८:२४:४६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबी भेटवार्ता हुने भएको छ । उनीहरूबीच पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता तय गरिएको हो ।

प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराएका हुन् । सरकारले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति नै गठन गरेर निरन्तर संवाद भइरहेको बताएको छ ।

सरकारले विभिन्न पाँचवटा बुँदामा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरूमा पनि प्रसाईंलाई पत्रमार्फत जानकारी गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top