ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस सभापतिमा प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा

नेपालगाथा २०८२ पौष ७ गते सोमबार १०:१२:३४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

आज(सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । साथै, उनले महाधिवेशनबाट आफू सभापति बन्ने दाबी पनि गरे ।

थापाले महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभई पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताएका छन् । उनले अहिले क्रियाशील सदस्यको कामहरू पठाउन ढिलाइ गरिरहेको बारे पनि आपत्ति जनाए ।

महामन्त्री थापाले महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको बताए । महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताए ।

महाधिवेशन निर्वाचनअघि हुनैपर्ने थापाको भनाइ रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top