होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् ।
उनले महासचिव पदका लागि दावी गरिरहेका भएपनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपाध्यक्षको सूचीमा राखेपछि असन्तुष्टि जनाउँदै उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका हुन् । उनी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर मतदानस्थलबाट घर हिँडेका छन् ।तस्तै, उनलाई महासचिव नबनाएको भन्दै अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपाध्यक्ष विष्णु पौडेल भने रुष्ट छन् ।
यसअघि ज्ञवाली र गुरुङ दुवैले महाधिवेशनस्थल छाडेका थिए ।