ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले महाधिवेशन - आजदेखि भृकुटीमण्डपमा बन्दसत्र

नेपालगाथा २०८२ मंसिर २८ गते आइतबार ११:०५:३३ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज(आईतबार) बाट काठमाडौंमा सुरु हुँदैछ ।

हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोहपछि आजबाट बन्दसत्र सुरु हुन लागेको हो । बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा बिहान ८ बजेबाट सुरु हुने एमालेले जनाएको छ ।

बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने भएकाे छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top