ट्रेण्डिङ

होमपेज / राजनीति

एनपीएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ - प्रधानमन्त्री

नेपालगाथा २०८२ मंसिर २७ गते शनिबार ११:०५:१५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज(शनिबार) नेपाल प्रिमियर लिग (एनपीएल)को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छन् ।

उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन् । उनले भनेकी छन्, “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ ।

सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top