ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

नेपालगाथा २०८२ मंसिर २६ गते शुक्रबार १८:४४:५२ मा प्रकाशित

काठमाडौं । भोलि(शनिबार) भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

सहभागिताका लागि एमालेले निम्तो पठाएपनि प्रचण्ड नजाने भएका हुन् । प्रचण्डले आफू उपस्थित हुन नसक्ने भन्दै टेलिफोनमार्फत शुभकामना सन्देश दिएका पनि छन् ।

नेकपाको कर्णाली प्रदेशको एकता सन्देशसभा भोलि नै परेकाले प्रचण्ड उता जानुपर्ने भएपछि उपस्थित हुन सक्ने उनको सचिवालयले जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top