ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले ११ औं महाधिवेशन - घरदैलोमा पुगेर नागरिकलाई निमन्त्रणा

नेपालगाथा २०८२ मंसिर २४ गते बुधबार १०:५१:२० मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)को एघारौं राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने कार्यको औपचारिक सुरुवात भएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो अभियानको थालनी आज(बुधबार) बिहान काठमाडौं–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट गरेका हुन् । यो कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन् । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी भएका थिए ।

एमालेको एघारौं राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top