ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीमा २६ हजार ६३५ नयाँ मतदाता दर्ता, युवाको सक्रियता उल्लेख्य

नेपालगाथा २०८२ मंसिर १७ गते बुधबार १८:२७:२७ मा प्रकाशित

सुर्खेत । आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा  २६ हजार ६३५ जना नयाँ मतदाताहरु थपिएका छन्।

मंसिर ५ गते सकिएको दर्ता तथा अद्यावधिक प्रक्रियापछि प्रदेश निर्वाचन कार्यालय, सुर्खेतले दसैँ जिल्ला समेटिएको नयाँ विवरण सार्वजनिक गरेको हो। यससँगै कर्णालीमा कुल मतदाता संख्या करिब १० लाख ३३ हजार पुगेको छ।

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गर्न मिल्ने सुविधाले यसपटक नयाँ मतदाता दर्तामा उल्लेख्य वृद्धि भएको निर्वाचन अधिकारीहरूले बताएका छन् । सबैभन्दा धेरै मतदाता सुर्खेतमा ७,३६२ जना थपिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top