ट्रेण्डिङ

होमपेज / राजनीति

कुलमानको उपस्थितिमा उज्यालो नेपालको घोषणा हुँदै

नेपालगाथा २०८२ मंसिर १७ गते बुधबार ०९:५७:५३ मा प्रकाशित

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज(बुधबार) औपचारिक घोषणा हुँदैछ ।

पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौंको प्रज्ञा भवनमा घोषणा सभा गर्न लागेको हो । कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री समेत रहेका पार्टीका संरक्षक घिसिङ नै हुनेछन् ।

कार्यक्रममा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ । पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ ।

पार्टीले यसअघि मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top