ट्रेण्डिङ

होमपेज / राजनीति

मान्छे र पार्टी हेरेर अदालतले फैसला गर्ने परिपाटी बस्यो - केपी शर्मा ओली

नेपालगाथा २०८२ मंसिर १६ गते मंगलबार १८:१२:४६ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छे र पार्टी हेरेर अदालतले फैसला गर्ने परिपाटी बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मधेश प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि व्यक्त गर्दै उनले अदालतले आफ्नो र संविधानको मर्यादा राखेर फैसला गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘कानून हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ । संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ ।

हिजो सर्वोच्चबाट एक महिना पुग्न चार दिन बाँकी होला । सर्वोच्चले २४ घण्टाभित्र लिनू भन्छ । म सुन्दा आश्चर्य चकित भएँ, चार दिनपछि त एक महिना पुग्छ तीन दिन अगाडि तान्नको लागि संविधानविपरीत आदेश दिन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top