होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज(बिहीबार) बस्दै छ ।
बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । बैठकमा समसामयिक विषय वस्तुका साथै पार्टीको भावी रणनीति, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने भएकाे छ ।
बैठकले आसन्न केन्द्रीय समिति बैठकका एजेण्ड समेत तय गर्नेछ भने पार्टीका सबै तहको अधिवेशनका बारेमा पनि छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताए ।