ट्रेण्डिङ

होमपेज / राजनीति

१२३ दलसँग छलफल गर्दै प्रधानमन्त्री

नेपालगाथा २०८२ मंसिर ३ गते बुधबार ०९:३३:१५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज(बधुबार) १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्दैछिन् ।

आज अपराह्न ४ बजे छलफलका लागि दलका प्रतिनिधिहरूलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेनजी प्रतिनिधहरुसँग छुट्टै र संयुक्त रुपमा छलफल गरेकी थिइन् ।

सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ । एमाले लगायतका दलहरूले भने संसद् पुनर्स्थापनाको माग गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top