ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कम्युनिस्ट पार्टीमा जिम्मेवारी बाँडफाँटको तयारी

नेपालगाथा २०८२ मंसिर २ गते मंगलबार १०:३०:१९ मा प्रकाशित

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीमा जिम्मेवारी बाँडफाँटको तयारी गरिएको छ । त्यसनिम्ति आज(मंगलकबार) अनौपचारिक बैठक बस्न लागेको नेताहरूले बताएका छन् ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत नेता छलफलमा जुट्न लागेका हुन् । अनौपचारिक बैठक दिउँसो २ बजे पेरिसडाँडामा बस्ने नेता प्रकाश ज्वालाले जानकारी दिए ।

बैठकमा सहभागी हुने अरू नेताहरूका बारेमा भने उनले अनभिज्ञता प्रकट गरे । संयोजक प्रचण्डले सोमबार जिम्मेवारी बाँडफाँटको विषय आज टुंग्याइने’ बताएका थिए । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत १०/११ दल/समूह एक भएर नेपाली कम्युनिस्ट पार्टी बनाइएको हो ।

पार्टीमा संयोजक र सहसंयोजकबाहेकको जिम्मेवारी बाँडफाँट गर्न बाँकी रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top