होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत आज(साेमबार दुई समितिको बैठक बस्ने तय भएको छ ।
सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो ।
आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ ।
साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची पनि रहेको छ । बैठक दिउँसो १ः०० बजे बस्ने तय भएको छ ।