होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज(साेमबार) दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक अब मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको छ। यसअघि शनिबार बस्ने भनिएको बैठक मंसिर १ गतेलाई सारिएको थियो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको मुख्यसचिव पौडेलले जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिना अघिदेखि जारी रहेकाे छ ।
पार्टीको १५ औं महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र विवाद भइरहेकाे छ ।