होमपेज / राजनीति
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो ।
पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको जनाइएकाे छ । यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी रहेको पनि उनले बताए । भोलि बेलुकीसम्ममा कहाँ कहिले सभा गर्ने भन्नेबारे निर्णय लिइने बताएका छन् ।
त्यस्तै, अर्का नेपा बामदेव गौतमले पनि पार्टी एकताको सन्देश देशैभर पु¥याउनेगरी सभा गर्न लागिएको जानकारी दिए ।