ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

नेपालगाथा २०८२ कार्तिक ३० गते आइतबार १८:४६:५१ मा प्रकाशित

काठमाडौं । निर्वाचनमा आयोगमा एक सय २२ वटा दल दर्ता भएका छन् । आयोगले आज(आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् । उनका अनुसार यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।

खारेज भएकाहरूमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरू नेतृत्वको आग्रहमा खारेज भएकाे उनको भनाइ रहेकाे छ । उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताए। भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो । भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भएपनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए ।

उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागी हुन पाउने पनि बताए । उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको समेत बताए । उनका अनुसार मतदाता र नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहने समेत भनेका छन् ।

शनिवार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या २ लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top