होमपेज / राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको बताएका छन् ।
आज(आइतबार) बिहान सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोबल यतिबेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा रहेकाे छ ।’
जेनजी आन्दोलन र अन्तरिम सरकार गठनपछिको पछिल्लो राजनीतिप्रति संकेत गर्दै भट्टराईले अहिले घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोपप्रत्यारोप गर्ने बेला यो हैन भने ।
‘बरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो । सबैले गम्भीर आत्मसमीक्षा गरौँ ! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन !’ भट्टराईले फेसबुकमा लेखेका छन् ।