होमपेज / राजनीति
काठमाडौं । नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज(आइतबार) सकिँदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ।
यो अवधिमा २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए । हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने भएकाे छन् । निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ ।
आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपे पनि दल दर्ता गराउने मिति भने यथावत राखेको छ ।