ट्रेण्डिङ

होमपेज / राजनीति

आगामी फागुनमा निर्वाचन हुँदैन् - महाससचिव पोखरेल

नेपालगाथा २०८२ कार्तिक २९ गते शनिबार २१:०६:०० मा प्रकाशित

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन नहुने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले चुनावका नाममा देशमा थप षड्यन्त्र भइरहेकाले यसको औचित्य नरहेको बताएका छन् । ‘चुनावका नाममा मुलुकमा षड्यन्त्र भइरहेको छ, देशलाई चुनावको नाम दिएर भइरहेको षड्यन्त्रमाथि प्रहार एमालेले गरिरहेको छ।

हुँदै नहुने चुनावका पछाडि एमाले लाग्दैन्,’ महासचिव पोखरेलले भने । उनले जेन–जी आन्दोलनपछि संविधान विपरीत गठन भएको सरकार र प्रतिनिधिसभा विघटन एमालेका लागि मान्य नहुने बताए । २३ र २४ भदौपछि गठन भएको सरकारले लोकतन्त्र कमजोर बनाउन लागिपरेको उनको भनाई रहेकाे थियो । ‘प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि संविधानभित्रबाट यही प्रतिनीभिसभाबाट निकास खोज्न आग्रह गर्दा पनि संविधानले नचिन्ने सरकार बन्यो, सरकार निर्माण र प्रतिनिधिसभा विघटन संविधानविपरीत रहेकाे छ भनि,’ उनले भने ।

विघटित संसदलाई ब्युँताएर संविधान संशोधनमार्फत विद्यमान राजनीतिक संकटबाट देशलाई बाहिर निकाल्न एमालेले चाहेको उनले बताए । उनले लोकतन्त्रलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दामा सबै राजनीतिक दललाई एक ठाउँमा उभिन आग्रह गरेका छन् । 

महासचिव पोखरेलले एमालेका पछिल्ला गतिविधि जनताको मनोबल उठाउन केन्द्रित रहेको बताउँदै आन्दोलन र हिंसालाई अलग राख्नुपर्ने भन्ने धारणा राखे । जेन–जीका नाममा ३३ प्रतिशत फेक एकाउन्ट निर्माण गरेर युवाहरूलाई भड्काइएको तथ्य सार्वजनिक भईसकेको बताउँदै उक्त आन्दोलन सामान्य प्रतिशोधले सम्भव नभएको महासचिव पोखरेलको दाबी रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top