होमपेज / राजनीति
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज(शनिबार) बस्ने भनिएको बैठक स्थगित भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने भएकाे छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।