ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपालगाथा २०८२ कार्तिक २५ गते मंगलबार १०:१८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज(म‍‌ंगलबार) बस्दैछ । 

पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताब आलमको निधन भएपछि बैठक दुई दिन स्थगित भएको थियो । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औं महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूले धारणा राखिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top