ट्रेण्डिङ

होमपेज / राजनीति

दुई वटा संसदीय समितिको बैठक बस्दै

नेपालगाथा २०८२ कार्तिक २५ गते मंगलबार १०:०९:०९ मा प्रकाशित

काठमाडौं । आज(म‍‌ंगलबार) दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

सिंहदरबार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान १० बजे बस्दैछ ।

बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरु सम्बन्धमा छलफल गरिने कार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top