ट्रेण्डिङ

होमपेज / राजनीति

मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

नेपालगाथा २०८२ कार्तिक २३ गते आइतबार ०८:५६:१३ मा प्रकाशित

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनाम स्वीकृत भएको छ ।

हिजो(शनिबार) मधेश प्रदेश सभाको बैठकमा उत्पन्न विवाद पश्चात बैठकमै मुख्यमन्त्री सोनलले राजीनामाको घोषणा गरेका थिए । सोनलले हिजो राति नै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई राजीनामा पत्र पनि बुझाएका थिए ।

सोनलको राजीनामा पत्र स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

नेपालको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको जानकारी सोही विज्ञप्तिमार्फत दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top