ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक बस्दै

नेपालगाथा २०८२ कार्तिक १८ गते मंगलबार ०९:४४:३३ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विघटित केन्द्रीय कमिटीको बैठक आज(मंगलबार) बस्ने भएको छ ।

बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्नेगरी तय भएको हो । नेकपा (एकीकृत समाजवादी)सहित ९ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत असोज १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै केन्द्रीय समिति भंग भएको थियो । तर, महाधिवेशनमा पुग्नु अगावै अन्य पार्टीसँग एकता हुने भएकाले अनुमोदनका लागि केन्द्रीय समितिको बैठक बसालेकाे हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top