होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज(शनिबार) बोलाएको छ ।
आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ ।
शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।