ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव दिनेक्रम जारी

नेपालगाथा २०८२ आश्विन ३० गते बिहीबार १०:३१:१८ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित जावालाखेलमा दोस्रो दिन पनि जारी रहेकाे छ ।

आजको(बिहीबार) बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहेको छ । हिजो बुधबारबाट सुरु भएको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए ।

आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने भएका छन् । त्यसपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरुको जवाफ दिनेछन् ।

हेर्नुहाेस, (तस्वीरहरु)

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top