ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

नेपालगाथा २०८२ आश्विन ३० गते बिहीबार १०:१८:३८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज(बिहीबार) दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकअघि बिहान कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ । बुधबार कार्यसम्पादन समितिको बैठक बसेर एजेन्डाहरू तय गरिने भने पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना समूहका नेताहरुसँग मात्र परामर्श गरेका थिए ।

सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले गुटगत बैठक राखेका थिएनन् । बुधबारको बैठकमा संस्थापन पक्षका नेताहरूसँग अगाडि बढ्नेबारे छलफल गरेका हुन् । एजेन्डा तय गर्न बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा पटक–पटक बैठक स्थगित हुँदै आएको छ ।

सभापति देउवाले कार्यवाहक तोकेकाले आजको बैठक खड्काको अध्यक्षतामा बस्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top