ट्रेण्डिङ

होमपेज / राजनीति

जेनजी र राष्ट्रपति पौडेलबीचको बैठक स्थगित

नेपालगाथा २०८२ आश्विन २५ गते शनिबार १६:२०:५५ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि भनेर सरकारले जेनजी प्रतिनिधिहरु छनोटमा विभेद गरेको भन्दै केही जेनजीहरुले असन्तुष्टि रहेकाे बताएका छन् ।

शनिबार राष्ट्रपति पौडेलसँग छलफलका लागि सरकारले छानेको सूचीमा असन्तुष्ट देखाई जेनजी युवाहरुले शीतलनिवास बाहिर प्रदर्शन गरेका थिए । जेनजीसँग आज बैठक बस्ने भनिए पनि विवादपछि बैठक सारिएको छ ।

स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपति पौडेलले जेनजीसँग बैठक सोमबारका लागि सारेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top