ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपालगाथा २०८२ आश्विन २४ गते शुक्रबार १०:५६:४८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज(शुक्रबार) पनि बस्दैछ ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको हो । बैठकमा सहभागीहरुले जेनजी युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र पछिल्ला घटनाक्रमकमा केन्द्रित भएर धारणा राख्दै आएका छन् ।

त्यस्तै, बैठकमा आगामी २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि छलफल गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top