ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले भक्तपुरले विशेष कार्यक्रम गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

नेपालगाथा २०८२ आश्विन २३ गते बिहीबार १०:२९:२५ मा प्रकाशित

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका–७ गुण्डुमा कार्यक्रम आयोजना गरेको हो । समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिती र नेता कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्ने भएका छन् ।

कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेताहरु पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top