ट्रेण्डिङ

होमपेज / राजनीति

मधेश सरकारबाट बाहिरिँदै एमाले

नेपालगाथा २०८२ आश्विन २२ गते बुधबार १७:०९:३३ मा प्रकाशित

जनकपुरधाम । नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । । एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।

मुख्यमन्त्री सतीश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते राजीनामा घोषणा गरेका थिए । तर पछि उनले संसदबाट विश्वासको मत लिने अडानमा छन् । पार्टीको निर्देशन समेत अटेर गर्दै उनी पदमा बसिरहेका हुन् ।

उनकै जनमत पार्टीले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यस्तै नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top