ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री कार्कीले चलाउन मानिनन् ओलीले चलाएको फेसबुक र एक्स, खोलियो नयाँ खाता

नेपालगाथा २०८२ आश्विन २० गते सोमबार १६:५७:१२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारका सूचना सम्प्रेषणका लागि सामाजिक सञ्जालका नयाँ खाता सञ्चालनमा ल्याएको छ ।

सामान्यता अघिल्लो सरकारले हस्तान्तरण गरेका सामाजिक सञ्जाल नयाँ सरकारले चलाउने प्रचलन रहे पनि यसपटक भने सामाजिक सञ्जालका नयाँ खाताहरू सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएकाे सामाजिक सञ्जाल‍ नचलाउने भनेपछि नयाँ खाता सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीको सचिवालयले बताएकाे छ ।

पुराना खाता चलाउँदा पुराना गतिविधि देखिने भएकोले प्रधानमन्त्री कार्की चलाउन नमानेको जनाइएको छ । प्रधानमन्त्री कार्यालयले आइतबारदेखि PM Sushila Karki फेसकुब र twitter @pmsushilakarki नामबाट सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top