ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता हुँदै

नेपालगाथा २०८२ आश्विन २ गते बिहीबार ११:१८:०१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् ।

स्रोतका अनुसार उनले बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्नेछिन् । यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए ।

त्यसैगरी, प्रधानमन्त्री कार्कीको आजै दिउँसो १ बजे चीनका राजदूतसँग शिष्टाचार भेट तय भएको छ। दिउँसो २:३० बजे अर्को शिष्टाचार भेटमार्फत कूटनीतिक संवादलाई निरन्तरता दिने तयारीसमेत गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top