ट्रेण्डिङ

होमपेज / राजनीति

स्सिभिल अस्पतालमा घाइतेहरुको चाप बढ्यो

नेपालगाथा २०८२ भाद्र २३ गते सोमबार १८:१०:२३ मा प्रकाशित

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले जेन-जी आन्दोलनकारी घाइतेहरूको चाप अत्यधिक बढेकोले अन्य अस्पतालहरूलाई उपचारमा सघाउन अपिल गरेको छ ।

अस्पतालमा घाइतेहरूको चाप अत्यधिक बढेकोले अस्पतालका निर्देशक मोहन रेग्मीले अन्य अस्पतालहरूलाई बिरामी लगेर उपचारमा सघाउन अपिल गरेका हुन् । अस्पतालमा करिब सय जना घाइतेहरुको उपचार भइरहेको छ ।

जेन-जी आन्दोलनकारीमाथि प्रहरी प्रशासनले गरेको दमनमा परी सैयौं प्रदर्शनकारी घाइते भएका छन् । घाइते प्रदर्शनकारीहरूमध्ये अहिलेसम्म १४ जनाकाे मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top