ट्रेण्डिङ

होमपेज / राजनीति

सामाजिक सञ्जाल बन्द हुने एमाले महासचिव पोखरेलको संकेत

नेपालगाथा २०८२ भाद्र १९ गते बिहीबार ११:१६:०६ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका र दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द हुने संकेत गरेका हुन् ।

उनले सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिसमा जुट्न आग्रह पनि गरे । महासचिव पोखरेलले लेखेका छन्, ‘सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’

सरकारले दर्ता हुन दिएको समय हिजो राति १२ बजेसम्म थियाे। समय सकिएसँगै फेसबुक लगायतका अन्य सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top