होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । सभामुखले सांसदहरूलाई बोल्न दिएपछि सांसदहरूले लिम्पियाधुरा र लिपुलेकबारे कुरा उठाए।
दुवै दलका सांसदहरूले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन नभएसम्म आन्दोलन जारी राख्ने बताए। गृहमन्त्री रमेश लेखको नाम जोडिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिनको माग गर्दै दुई विपक्षी दल अझै पनि आन्दोलनरत छन् ।