ट्रेण्डिङ

होमपेज / राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

नेपालगाथा २०८२ भाद्र १७ गते मंगलबार १०:५०:३७ मा प्रकाशित

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई समितिको बैठक बस्दैछ । मंगलबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति गरी दुई समितिको बैठक बस्दैछ ।

आज बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको हालसम्मको कामकारबाहीको समीक्षा गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको २ बजे बस्ने तय भएको छ । साथै, विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ९ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top