ट्रेण्डिङ

होमपेज / राजनीति

विधान अधिवेशनका लागि चौतारीले नेकपा एमालेलाई बुझायो सुझाव

नेपालगाथा २०८२ भाद्र १२ गते बिहीबार २०:३३:४८ मा प्रकाशित

काठमाडौँ। नेकपा (एमाले) निकट पत्रकारहरुकाे  सङ्गठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनका लागि पार्टी महासचिव शङ्कर पोखरेललाई बिहीबार सुझाव हस्तान्तरण गरेको छ। प्रेस चौतारी नेपालकाअध्यक्ष गणेश पाण्डेले सुझाव हस्तान्तरण गर्नुभयो। सुझाव हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत, जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो।

चौतारीले प्रस्तुत गरेका सुझाव पार्टी विधान संशोधन र राजनीतिक प्रतिवेदनमा समावेश गर्न माग गरिएको छ। प्रेस स्वतन्त्रता, पार्टी नेतृत्वको कार्यकाल र उमेर सीमा, केन्द्रीय कमिटीको संरचना, सदस्यता व्यवस्था, सम्पर्क समन्वय कमिटी, संवैधानिक पदाधिकारीको राजनीतिक संलग्नता, युवा तथा महिलाको प्रतिनिधित्व, विभागीय मनोनयन, मिडिया कानुनलगायतका विषयलाई सुझावमा समेटिएको छ।

चौतारीले पार्टी केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, विभागीय मनोनयनमा सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्तिलाई प्राथमिकता दिनुपर्ने, महिलासहित ७ जना महाधिवेशन प्रतिनिधि उपलब्ध गराउनुपर्ने र राजनीतिक नियुक्तिमा सरोकारवाला सङ्गठनको सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top