ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस सांसदहरूलाई संसदीय दलको कार्यालयमा बोलाइयो

नेपालगाथा २०८२ भाद्र ३ गते मंगलबार १२:४७:५६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसदीय दलको कार्यालय सिंहदरबारमा आकस्मिक रूपले बोलाएको छ । मंगलबार सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाइएको कांग्रेस सांसद सीता मिजारले जानकारी दिएकी छन् । उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुनसक्ने बताएकी छन् ।

सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरी बोलाइएको छ । उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top