ट्रेण्डिङ

होमपेज / राजनीति

तीनवटा संसदीय समितिको बैठक बस्दै

नेपालगाथा २०८२ भाद्र २ गते सोमबार १०:२१:१६ मा प्रकाशित

काठमाडौं । संघीय संसद्अन्तर्गत (सोमबार) तीन संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top