ट्रेण्डिङ

होमपेज / राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

नेपालगाथा २०८२ भाद्र १ गते आइतबार ०९:३२:२० मा प्रकाशित

काठमाडौं । सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । र्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढी लगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेकाे छ ।

यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा छलफल हुने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top