होमपेज / राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीकाे बैठक भदौमा बस्ने भएको छ । भदौ ४ गतेका लागि स्थायी कमिटी बैठक बस्ने छ भने भदौ ५ गते पोलिटब्युरो र ८ गते केन्द्रीय कमिटी बैठक बस्ने महासचिव घनश्याम भुसालले जानकारी दिए ।
उनका अनुसार स्थायी कमिटी र पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालयमा र केन्द्रीय कमिटी बैठक मिराकल पार्टी भेनु सुकेधारामा बस्नेछ ।