ट्रेण्डिङ

होमपेज / राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

नेपालगाथा २०८२ श्रावण १९ गते सोमबार १२:०९:२९ मा प्रकाशित

काठमाडौँ  । संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको एक गरि दुई समितिको बैठक बस्न लागेको हो। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे शुरु हुनेछ। जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट) का प्रतिनिधिसँग छलफल हुनेछ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ। बैठक दिउँसो १ बजे बस्ने छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top