ट्रेण्डिङ

होमपेज / राजनीति

पोखरेल बने एमालेको कार्यवाहक अध्यक्ष

नेपालगाथा २०८२ श्रावण १९ गते सोमबार १०:२७:१९ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तुर्कमेनिस्तान गए पछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी) को राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति तुर्कमेनिस्तान गए पछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेलले पाएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

उनका अनुसार एमाले विधान २०४९ (संशोशन २०७८)को  धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्षकाे जिम्म्वारी दिने उल्लेख छ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने कार्यक्रम छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top