होमपेज / राजनीति
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अब उमेर नपुगी गरेको विवाहको सजाय घटाउन थालेको बताएका छन्। उनले उमेरका कारण दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरेको सजाय कम गर्ने बताएका छन्। प्रतिनिधि सभाअन्तगर्तको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो भनेका हुन्।
उनले विवाहको उमेर घटाउने नभई विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नु परेको सजाय कम गर्न लागेको बताए। उनले नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गरे।
मन्त्री चौरसियाले भने,‘विवाहको उमेर घटाउने होइन, विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवायुवतीको बीचमा दुई गार्जियनको बीचमा भएको असहमतिको कारण कारबाही भोग्नुपरेको अवस्थालाई सजाय न्यून गर्ने व्यवस्था कानून मन्त्रालयले गर्दै छ। मन्त्री चौरसियाले मानवअधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नेमा सरकारले प्राथमिकता दिइरहेको बताए।