ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले सचिवालयकाे बैठक बस्दै

नेपालगाथा २०८२ श्रावण १ गते बिहीबार ०९:३६:४२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा छलफल र निर्णयहरू हुने बताइएको छ । साथै, बैठकले साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको कार्यसूची पनि तय गर्ने बताइएको छ ।

गत माघ ८ गते बसेको एमालेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top