ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न

नेपालगाथा २०८२ असार २२ गते आइतबार १४:२३:१५ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहतर्फ ९८ प्रतिशत पालिका, ९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीको अधिवेशन सकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । महासचिव पोखरेलले निर्वाचनका सबै प्रदेश कमिटीसँगको बैठकपछि शनिबार पार्टी निर्वाचन आयोगको बैठकका रिर्पोटिङको आधारमा यो जानकारी गराएका हुन् । निर्धारित समयमा नै अधिवेशनहरु सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई पोखरेलले धन्यवाद ज्ञापान गरेका छन् ।

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार पालिकातर्फ बढीमा १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ । ती अधिवेशनहरु विभिन्न कारणले रोकिएका छन् । पार्टीको आन्तरिक व्यवस्थापनपछि तत्काल तिनीहरुको अधिवेशन सक्ने सुब्बाले जानकारी दिए । 

यसैगरी, करिब ६ हजार वडाका अधिेशनहरु सकिएका छन् । बाँकी रहेकाहरुको पनि विधान महाधिवेशनभन्दा पहिला नै सक्नेगरी काम अघि बढाएको छ । पार्टीका २३ वटा जनसंगठन मध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top